+
+
Shares

सुन प्रतितोला दुई सयले घट्यो   

रासस रासस
२०७६ मंसिर २३ गते १३:४९

२३ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५ सयले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला रु २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २०० मा खरिदबिक्री भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ७० हजार ७ सय कायम गरिएको छ । आइतबार तेजाबी सुनको प्रतितोला रु ७० हजार ९ सयमा कारोवार भएको थियो । स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला रु ८३५ निर्धारण गरेको छ । आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?