+
+

आर्चरीमा सबै १० स्वर्ण बंगलादेशलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २३ गते १४:०१

२३ मंसिर, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न आर्चरी खेलमा बंगलादेशले सबै १० वटा स्वर्ण पदक हात पार्न सफल भएको छ । पोखरा रंगशालाको आर्चरी खेल मैदानमा भएको खेलमा बंगलादेशले आर्चरी तर्फ एकल तथा टिम इभेण्टमा स्वर्ण पदक जितेको हो ।

सोमबार रिकर्भको महिला तथा पुरुष इभेन्ट र कम्पाउण्डको महिला तथा पुरुष इभेन्टमा पनि बंगलादेशले स्वर्ण पदक जितेको छ । रिकर्भ पुरुषतर्फ बंगलादेशका विश्व वरियताको १० भित्र पर्ने एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गरे । महिलातर्फ बंगलादेशकी १४ बर्षकी खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गरिन् ।

रिकर्भको पुरुषमा श्रीलंकाले कास्य जित्यो । श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोही इभेण्टको महिलातर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् । कर्मा ओलम्पिकमा छनौट भएकी खेलाडी हुन् ।

त्यसैगरी कम्पाउण्ड एकल पुरुषतर्फ बंगलादेशका राना एमडी सोहिलले स्वर्ण पदक जिते । यसमा कास्यपदक पनि बंगलादेशका दास असिम कुमारले जिते । सोही इभेन्टको महिलातर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितिन् । श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् ।

आइतबार ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा सबै बंगलादेशको हात पर्‍यो । बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्सतर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो । बंगलादशेका प्रमुख प्रशिक्षक मार्टिनले आफूहरुले सागको लागि ६ महिनादेखि बन्द प्रशिक्षण गरेको धेरै मेहनत गरेकोले उत्कृष्ट नतिजा आएको बताए ।

दुई बर्षदेखि बंगालादेशको टिम प्रशिक्षण गराउँदै आएको बताएका उनले आफूहरुसंग विश्व च्याम्पियनसिपमा कास्य पदक विजेता साना, कक्षा ८ मा अध्यनरत १४ बर्षकी खातुन जस्ता उदयमान खेलाडीले आफूहरुले प्रशिक्षण गराए अनुसार उत्कृष्ट प्रदर्शन गरेको जनाए ।

१२ औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो । सागमा सहभागी राष्ट्रमध्य प्रमुख दाबेदारको रुपमा भारतलाई मानिए पनि यस पटक भारत सहभागी नहुँदा अधिकांश पदक बंगलादेशले हात पार्न सफल भयो । नेपालले आर्चरीको खेल सामाग्री समयमै उपलब्ध हुन नसक्दा सोचे अनुरुप स्वर्ण पदक ल्याउन नसकिएको आर्चरी प्रशिक्षक वसन्त थकालीले बताए ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसदहरु मोहन रेग्मी, दीपक कोइराला, राखेप सदस्य राजेशकुमार गुरुङ, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कार वितरण गरे ।

आर्चरीमा नेपालले एक रजत, २ कास्यसहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो । नेपालसहित ४ देश सहभागि भएको खेलमा अन्तिम समयमा पाकिस्तान पनि सहभागी भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment