+
+
Shares

एनआईसी एशियाका ग्राहकलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टहरुमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २३ गते १७:५६

२३ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले काठमाडौंस्थित द्वारिकाज होटल बत्तिसपुतलीसँग विशेष छुटसम्वन्धि सम्झौता गरेको छ । बैंकका ग्राहकहरुलाई द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेण्टहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको हो । सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले सम्झौतापत्र आदानप्रदान गरे ।

उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशत र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?