Comments Add Comment

अढाइ करोडको लगानीमा होटल सुर्यान्स

२३ मंसिर, हेटौंडा । भिजिट नेपाल २०२० लाई लक्षित गर्दै हेटौंडामा नयाँ व्यवस्थापनको साथ होटल सुर्यान्स सञ्चालनमा आएको छ । होटल अनमोल इन्टरनेश्नलको नाममा सञ्चालन हुँदै आएको होटललाई नयाँ नाम र पहिचानसहित होटल सुर्यान्स सञ्चालनमा ल्याइएको हो ।

बजार सुहाउँदो व्यवस्थापन गर्न नसकेकै कारण खस्कँदै गरेको होटललाई थप लगानी गरेर सञ्चालनमा ल्याएको होटलका सञ्चालक निप्पु सर्राफले बताए । पहिले गरिएको लगानीमा २ करोड ५० लाख रुपियाँ थप गर्दै होटल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । होटलको व्यवस्थापनमा कुनै कसर बाँकी नराखेको बताउँदै सञ्चालक सर्राफले भने ‘हामी बजारका अन्य होटल सरहको हैसियतमा उभिएका छौं ।’

हेटौंडामा पहिलो पटक सातौं तल्लामा रुफटपसहित २ वटा रेष्टुरेन्ट छन् । होटलमा आउने ग्राहकले रुफटममा रहेर हेटौंडा बजार क्षेत्रको दृश्यावलोकसहित आनन्द लिन सक्ने छन् । सरकारले घोषणा गरेको पर्यटन वर्षलाई लक्षित गर्दै सञ्चालमा आएको होटलले ‘भ्रमण वर्ष २०२०’ सफल बनाउनका लागि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको होटल व्यवस्थापनले जनाएको छ ।

४ वटा स्विट रुमसहित ३० वटा कोठाहरु रहेको होटलमा एक रातमा ६५ जनासम्म मानिस सहज ढंगबाट बस्न सक्ने होटलका म्यानेजर नकुल गिरीले बताए ।

होटलमा ५० जनाले प्रत्यक्ष रोगजारी पाउने उनले बताए । दुई वटा कन्फ्रेन्स हलसहित बजारको मुख्य चौक नजिकै रहेको होटलले एनआईसी एसिया बैंकसँग सहकार्य गरेको सञ्चालक सर्राफले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment