Comments Add Comment

बिग मर्जरपछि विदेशमा शाखा खोल्ने योजना

सिड्नी ।  नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको बाताबरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानी कर्तालाई आफ्नो ब्यांक उपयुक्त सहजकर्ता हुन सक्ने बताए ।

उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुँदै गरेको दोर्दी जलबिध्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए । उनले हाल अस्ट्रेलिया लगाएत भारत , बेलायेत , मलेसिया र जापान मा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अस्ट्रेलियामा शाखा खोल्ने तयारि सुरु भएको पनि बताए ।

नेपालमा प्रदेश-प्रदेशहरु र स्थानिय सरकारहरुबीच विकासमा प्रतिस्पर्दा पनि सुरु भएकाले लगानी का सम्भावनाहरु झन् बढेर गएको उनले बताए । आफ्नो समूहले चन्द्रागिरि केवलकार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो ।

अन्तरक्रियामा गैर आवाशीय नेपाली संघको अन्तरास्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो सस्था दश अर्ब बराबरको गैरआवाशीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माणसँगै नेपालमा गैरआवाशीय नेपालीहरुको ठुलो तथा सयुक्त लगानी सुरु हुने बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्वअध्यक्ष गोवा कटुवालले नेपालमा नीतिगत समस्या भएकाले गर आवासीय नेपालीहरुमा लगानीको आत्माबिस्वास अझै पैदा नभएको बताए । नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाँबाट पुजी लगानी गर्न पाइने वातावरण बनेमा गैर आवाशीय नेपाली लगाएत वैदेशिक पुजी नेपालमा भित्रन सक्ने उनले बताए ।

कार्यक्रममा गैर आवाशीय नेपाली संघअस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवाशीय नेपालीहरुले ठुलो मात्रामा संयुक्त पुँजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई बिश्वास भएको भन्दै आफूहरुले पुँजी संकलनमै जोड दिनु पर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील दुइ दर्जन ब्यबशायि तथा गैर आवाशीय नेपाली अगुवाहरु उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment