+
+
Shares

ऋचाको सिउँदोमा सिन्दुर

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते ११:५१

नायिका ऋचा शर्माले आफ्ना प्रेमी दिपेक्षा विक्रम रानासँग बिहे गरिन् । नायिकाको बिहेमा चलचित्रकर्मी सिमित मात्र उपस्थित थिए । मिडियाकर्मीलाई पनि बिहेको दिनमा प्रवेश दिइएको थिएन । बरु, ऋचा र दिपेक्षले मिडिया, चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि बिहिबार बिहे पार्टीको आयोजना गरेका छन् ।

ऋचाले बिहेपछि भने आफ्नो सामाजिक संजालमा तस्वीरहरु सार्वजनिक गरिरहेकी छिन् । ऋचाले सार्वजनिक गरेको तस्वीरमा उनको सिउँदोमा सिन्दुर रंगिएको छ ।

ऋचा आफ्ना प्रेमीलाई श्रीमान् बनाउन पाउँदा खुशी देखिएकी छिन् । नेपाली चलचित्रमा लामो समयदेखि सक्रिय ऋचाले बैबाहिक जीवनमा बाँधिएर नयाँ जीवनको सुरुवात गरेकी छिन् ।

लाबिम मलमा पहिलो पटक ऋचाले दिपेक्षसँग कुरा गरेकी थिइन् । उनै, दिपेक्ष उनको जीवनसाथी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?