Comments Add Comment

हुँदै नभएको प्रेम हल्लाले डीप्रेशनमा पुगेकी थिएँः मिलन

वि.सं २०७४ साल असोज २ गते गायिका मिलन नेवार र उनका श्रीमान मेन्सन अमात्यको डिभोर्स भयो । डिभोर्स भएकाले यो खबर सार्वजनिक हुँदा मिलनलाई कुनै समस्या थिएन ।

तर, मेन्सनसँगको डिभोर्सको समाचारमा जोडिएको एउटा नामले भने मिलनलाई निकै मानशिक पीडा दिएको थियो । गायक दीपक लिम्बुसँग प्रेममा परेका कारण मिलनले मेन्सनसँग डिभोर्स गरेको खबर मिडियामा फैलिएको थियो । यो खबरले मिलन डिप्रेशनमा नै पुगेकी थिइन् ।

अनलाइनखबरसँग कुराकानी गर्दै मिलनले भनिन्–‘डिभोर्सको समाचार त सामान्य नै थियो । तर, यहाँ त हुदै नभएको हल्ला फैलियो । जसलाई मलाई निकै नै ठूलो मानसिक पीडा दियो ।’

उनलाई मानिसिक पीडाबाट बाहिर ल्याउन परिवार र साथीहरुले ठुलो भूमिका खेलेका थिए । मिलनले भनिन्–‘उहाँहरुले हौसला नदिनु भएको भए म अझै सोही अवस्थामा हुन्थेँ होला ।’

अहिले मिलन ठिक छिन् । आफ्नो काममा खुसी छिन् । निरन्तर रुपमा गीत संगीतमै रमाइरहेकी छिन् । उनी, चलचित्रको गीतमा आवाज दिन पनि व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment