Comments Add Comment

सनिलले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो

२४ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

मंगलबार सातदोबाटोमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतको भिरेन्दर सिंहलाई हराए ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा अनतिम दिन नेपालले १ स्वर्ण र ४ रजत जितेको छ ।

सागको समापनको दिन मंगबार नेपालका ५ बक्सरले फाइनल खेलेपनि एक खेलाडीले मात्र स्वर्ण जित्न सकेन । बाँकी ४ खेलाडी फाइनलमा पराजित हादै रजतमा सीमित भए । महिला ५१ केजी तौल समूहमा नेपालकी माला राई भारतीय खेलाडी पिंकीरानीसंग पराजित भइन्।

महिला ६४ केजीमा पुनम बल भारतीय खेलाडी मन्जु बोम्बरियासंग पराजित भइन् । यस्तै स्वर्णको आश गरिएको गणेश प्रधान पुरुष ८१ केजी तौल समूहमा फाइनलमा पराजित भए । सेमिफाइनलमा भारतीय खेलाडीलाई पराजित गरेपनि गणेश फाइनलमा श्रीलंकन खेलाडी रुमेश सन्दाकेलुमसंग पराजित भए ।

यस्तै ९१ केजी माथीको तौल समूहमा नेपालका आशिष दवाडी भारतका नरेन्द्रसंग पराजित भए । बक्सिङमा नेपालले सोमबार २ स्वर्ण र २ कास्य जितेको थियो।  अन्तिम दिनको खेल सकिएसँगै नेपालले १५ मध्ये ३ स्वर्ण जित्न सफल भयो । यस्तै ६ रजत र कास्य जित्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment