+
+

नेपाली भूमि अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १४:५९

२४ मंसिर, काठमाडौं । भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि मंगलबार धर्ना दिएको छ ।

७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिन पारेर समाजले भारतीय दूतावास अगाडि धर्ना एवं प्रदर्शन गरेको समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् । ।

भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर, लिम्पियाधुरा,  लिपुलेक र कालापानी नेपाली भूभाग हो, नेपाल-भारत मैत्री अमर रहोस् लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेको पौडेलले जानकारी दिइन् ।

धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, उपसभापति रेनुका पौडेल, सचिव बलबहादुर गाहा मगर, केन्द्रिय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, नम्रता खरेल पौडेल, श्यामप्रसाद लामिछाने लगायत अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन पारेर भारतीय अतिक्रमणको विरोध शान्ति समाजका जिल्ला शाखाहरुले दर्जनभन्दा बढी जिल्लामा प्रदर्शन गरेका उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?