+
+

वीरगञ्जमा योग विद्यालय सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १६:४६

२४ मंसिर, वीरगञ्ज । वीरगञ्जमा योग विद्यालय सञ्चालनमा आएको छ । वीरगञ्जको विर्तामा पतञ्जली योग समितिको महानगरस्तरीय योग विद्यालयको उद्घाटन गरिएको हो ।

महानगरपालिकाको सहयोगमा स्थापना गरिएको योग विद्यालयको नगर प्रमुख बिजयकुमार सरावगीले उद्घाटन गरेका हुन् ।

नगर प्रमुख सरावगीले महानगरपालिकाका ३२ वटै वडामा योग शिविर चलाउन पतञ्जलीसँग अनुरोध समेत गरे । ‘महानगरवासीलाई निरोगी बनाउन योग आवश्यक छ, अब सबै वडामा योग शिविर चलाउनुपर्छ,’ उनले भने ।

योग विद्यालयलाई व्यवस्थित गर्न महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता नगर प्रमुख सरावगीले जनाए ।

विद्यालय मर्ज गरेपछि खाली रहेको नेरा प्रावि विर्ताको भवन योग विद्यालयलाई दिइएको महानगरपालिकाले जनाएको छ ।

पतञ्जली योग समितिले वीरगञ्जमा ४० जना योग प्रशिक्षक तयार गरिसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?