+
+
Shares

नेपाल रेडक्रस सोसाइटी उपशाखा ठोरीको संयोजकमा खनाल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १८:४८

२४ मंसिर, ठोरी । नेपाल रेडक्रस सोसाइटी उपशाखा ठोरीको संयोजकमा प्रकाश खनाल चयन भएका छन् ।

आजीवन सदस्यहरुको मंगलबारको भेलाले उपशाखा ठोरीको सचिवमा प्रदीपकुमार शर्मा र कोषाध्यक्षमा प्रधुम्नकुमार गौतमलाई चयन गरेको छ ।

उपशाखाको सदस्यहरुमा रामबहादुर विष्ट, मुन्ना कुमारी सिल्वाल, गणेश बहादुर बोहरा, कृष्ण गोपाल कुँवर लगायत चयन भएको उपशाखाका पूर्व सभापति अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रदेश नं २ का अध्यक्ष फुलमहम्मद मियाँले एक पालिकामा यौटा मात्र उप शाखा रहने व्यवस्था भएकोले ठोरी गाउँ पालिका भित्रका सम्पुर्ण आजीवन सदस्यहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिए।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेलले रेडक्रसकर्मीहरुलाई नि:स्वार्थ भावनाले रेडक्रसका गतिविधिहरु अघि बढाउन आग्रह गरे ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री शैलेन्द्र कुमार चौरसियाले मानव बिपत्ति हटाउनको लागि रेडक्रसको स्थापना भएको बताउँदै रेडक्रसको अभियानको बारेमा चर्चा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?