Comments Add Comment

३४ वर्षे प्रधानमन्त्रीको जीवनशैली : मोडल मात्रै होइन रोल मोडल सान्ना

३४ वर्षको उमेरमा नै प्रधानमन्त्री बन्ने सान्ना म्यारिन फिनल्याण्डकी सबैभन्दा कम उमेरकी नेतृ त होइनन् । तर, उनी अहिले विश्वभरी नै चर्चामा छिन् । यसको कारण उनी आफ्नो व्यक्तिगत स्वभावका कारण मोडल मात्रै नभएर राजनीतिक छलाङका कारण संसारभरका महिलाहरुको लागि रोल मोडल समेत बनेकी छिन् ।

सान्ना म्यारिन समलिङ्गी अभिभावककी सन्तान हुन् । उनका अभिभावकहरु दुबै महिला थिए । यो संस्कृति विदेशका कतिपय मुलुकको लागि सामान्य विषय हो । त्यही समलिंगी अभिभावकहरु भएको परिवारमा उनको जन्म १६ नोबेम्बर १९८५ फिनल्याण्डको हेलसिन्कीमा भएको थियो । यद्यपि उनी कहिलैपनि सञ्चारमाध्यमहरुसँग आफ्नो अभिभावकहरुको बारेमा केही पनि बताउँन चाहँदिनन् ।

सान्नाको राजनीतिक रुपमा पदको राजनीति २०१२ देखि सुरु हुन्छ । जतिबेला उनी २७ वर्षकी भएकी थिइन् । २०१२ मा उनी टेम्पर सिटी काउन्सिलमा चयन भएकी थिइन् । पहिले सदस्य भएकी उनी एक वर्षमा नै सोही काउन्सिलको अध्यक्षमा उनी चयन भइन् । २०१३ देखि २०१७ सम्म उनले सो काउन्सिलको अध्यक्षता गरिन् । उनी जुन सुकै संस्थामा जान्छिन् सो संस्थामा उनी छोटो समयमा नै नेतृत्व तहमा पुगिहाल्ने यो उनको एउटा विशेष खुवी हो ।

उक्त काउन्सिलमा नेतृत्व गर्दा गर्दै उनले सन् २०१४ मा नै उनी सोसियल डेमोक्र्याटिक पार्टीको दोस्रो उपाध्यक्ष बन्ने अवसर पाइन् । यो पनि उनको ठूलो फड्को थियो । त्यसकै एक वर्षपछि उनी फिनिस संसदको सदस्य निर्वाचित भइन् । अर्काे तर्फ सिटि काउन्सिलको अध्यक्षमा पनि २०१७ मा फेरि चयन भइन् । सोही वर्ष नै उनले ट्याम्पेरे विश्वविद्यालयबाट प्रशासन विज्ञानमा मास्टर्स पनि सकिन् । ६ महिना अघि मात्रै उनी फिनल्याण्डको यातायात तथा सञ्चार मन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो ।

सान्नाको जीवनशैली

सान्ना आफ्नो परिवारमा एक्ली छोरी हुन् । उनले मार्खुस राइक्कोन्नेनसँग विवाह गरेकी हुन् भने उनीहरुको २०१८ जनवरीमा छोरी इम्मा अमेलिया मारिनको जन्म भएको थियो । खुदको नाममा २ करोड ६० लाख डलरको सम्पत्ति रहेको उनी एक मोडल प्रधानमन्त्री हुन् । उनलाई मोडलिङमा निकै सौख छ । त्यसका कारण पनि उनी हरेक पार्टीमा जाँदा जहिले पनि फरक फरक कपडामा सजिएर जाने गर्छिन । त्यसैले पनि उनको सुन्दरतामा धेरैको ध्यान जाने गर्छ ।

अर्काे तर्फ कार, घर र कुकुर पालनकी सौखिन हुन् सान्ना । उनी आफ्नो कामबाट फर्किएपछि आफ्नो घरको कुकुरसँग लामो समय खेल्ने गर्छिन् । उनको घरमा दुई/तीन प्रजातिको कुकुर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । उनीसँग तीनवटा कार छ । जसमा उनी पालै पालो यात्रा गर्ने गर्छिन् ।

उनलाई स्टेट हेयर स्टाइल मन पर्छ । कपालको स्याहारमा पनि उनको समय जाने गर्छ । उनी खानामा भने त्यत्ति सौखिन छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment