Comments Add Comment

भ्रमण प्राणायामः मुटुदेखि फोक्सोसम्मलाई उपयोगी

प्राणयाम, सरल तर अति उपयोगी विधी हो । प्राणायाम भनेको श्वासप्रश्वासको अनुशासित क्रिया हो । योगसँगै प्राणायामलाई पनि जोडिन्छ । प्राणायामले शरीरमा अक्जिनको अभाव पूर्ति गर्नका साथै मनलाई स्थिर र शान्त राख्न सघाउँछ ।

भ्रमणको अर्थ हो घुमफिर । त्यसैले ‘भ्रमण प्राणायाम’को अभ्यास घुम्दै, टहलिँदै गरिन्छ ।

भ्रमण प्राणायाम एक प्रकारको श्वासप्रश्वास विधि पनि हो । यो प्राणायामको अत्यन्त सरल रुप हो । यसमा व्यक्तिले आफ्नो सासलाई विशेष प्रकारबाट भित्र लैजान्छ र फेरि बाहिर छोड्छ ।

स्वास्थ्यलाई ठिक राख्न यो प्राणायामले नपत्याउँदो काम गर्छ । यसबाट धेरै प्रकारका फाइदाहरु लिन सकिन्छ ।

यसरी गरौं भ्रमण प्राणायाम

–      यो प्राणायाम गर्दा तपाईं नियमित टहलिनु पर्छ । टहलिँदा आफ्नो शरीरलाई एकदम सीधा राख्नुस र बिस्तारै बिस्तारै सास फेर्नुस । सास भित्र लिँदा १ देखि ४ सम्म गन्ति गर्नुस । त्यसपछि सास छाड्ने गरौं ।

–      सास लिँदा अंक गन्ति गर्नुको साटो कुनै राम्रो विचार वा भगवानको ध्यान पनि गर्न सकिन्छ । यसका अतिरिक्त यो प्रााणायाममा सास लिनभन्दा छोड्न धेरै समय लगाउनुपर्छ । यो क्रिया गर्दा जबसास भित्र लिनुहुन्छ, यसलाई ४ देखि ५ कदमसम्म रोकेर राख्ने, अनि छाड्ने । आफ्नो सास रोक्ने क्षमतालाई बिस्तारै बिस्तारै बढाउँदै १० देखि १५ पटकसम्म गर्नुपर्छ ।

–      सुरुवातमा यो प्राणायाम गर्दा आधा घन्टा टहलिने प्रयास गरिन्छ, जसमा सास भित्र लिने र छोड्ने अभ्यास सुरुवात र अन्त्यको २ मिनेट तथा बीचको २ मिनेट गरिन्छ । अभ्यासमा निपुण भएपछि यसलाई ४ मिनेट गरौं

प्राणायामका फाइदा

–      भ्रमण प्राणायामको नियमित अभ्यास गर्दा शारीरिक कमजोरी दूर हुनुका साथै फोक्सो पनि बलियो हुन्छ ।

–      यो प्राणायाम अभ्यास गर्ने व्यक्तिहरुको मुटु बलियो हुनुका साथै हृदयघात हुने सम्भावना कम हुन्छ ।

–      यसबाट कम उमेरमै कपाल झर्ने, फुल्ने आदि समस्याबाट छुट्कारा मिल्छ । कपालको समस्या हटाउनका लागि यो प्राणायाम गर्नैपर्छ ।

–      यसको नियमित अभ्यासले धेरै प्रकारका रोगहरु जस्तै टीबी, श्वासप्रश्वास सम्वन्धी रोग, टाइफाइड आदिबाट बचाउ गर्छ ।

(यो प्राणायाम गर्नुभन्दा अगाडि स्वास्थ्यमा कुनै प्रकारको समस्या त छैन भनेर चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment