Comments Add Comment

एडमण्ड हिलारी सम्बन्धी वृत्तचित्रबाट किम्फ सुरु, ७९ चलचित्र देखाइने

२५ मंसिर, काठमाडौं । काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिभल (किम्फ) को सत्रौं संस्करण राजधानीस्थित राष्ट्रियसभा गृहमा सुरु भएको छ । आयोजक हिमाल एसोसियसनका अध्यक्ष बसन्त थापा र निर्णायक मण्डलका सदस्यहरूले बुधबार संयुक्त रुपमा महोत्सव उद्घाटन गरेका हुन ।

निर्णायक मण्डलमा ग्राब्रियला क्हून (पोल्याण्ड), ली जे कू (कोरिया), अस्मिना रञ्जित (नेपाल) र फिल कोट्स् (बेलायत) छन् । अन्तराष्ट्रिय, नेपाल पानोरमा र लघुफिल्म विधामा उत्कृष्ट चलचित्रलाई पुरस्कृति गरिने आयोजकले जानकारी दिएको छ ।

पाँच दिने फिल्म महोत्सवको सुरुवात विश्वको सर्वोच्च शिखर सगरमाथाको सर एडमण्ड हिलारी सम्बन्धी वृत्तचित्र ‘दि एसेनट अफ एभेरष्ट’ को प्रदर्शनीबाट गरिएको छ । १९५३ मे २९ मा तेन्जिङ नोर्गेसँग सगरमाथाको सफल आरोहण गरेका हिलारीको विषयमा बनेको ५६ मिनेटको ‘दि एसेनट अफ एभेरष्ट’ एन्टोनेलो पादोभानले निर्देशन गरेका हुन ।

हिलारीकै भूमिका रहेको अर्को फिल्म ‘ओसियन टु स्काइ’ पनि महोत्सवमा प्रदर्शन हुने एसोसियसनका अध्यक्ष थापाले जानकारी दिएका छन् । यसमा हिलारीले बंगालको खाडीबाट गंगा यात्रा गर्दाको प्रसङ्ग समेटिएको छ ।

२९ मंसिरसम्म सञ्चालन हुने महोत्सवमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगात्मक चलचित्र गरी ७९ चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा ६९ देशका ४२३ मध्येबाट छानिएका उत्कृष्ट चलचित्र मात्रै प्रदर्शन गर्न लागिएको महोत्सव निर्देशक रमयता लिम्बुले जानकारी दिएकी छन् ।

काठमाडौं महानगरपालिका महोत्सवको सहआयोजक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment