+
+
Shares

श्री एयरलाइन्सद्धारा जनकपुर र सिमरामा टेस्ट फ्लाइट

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते १९:४३

२५ मंसिर, काठमाडौं । निजी लगानीको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जनकपुर र सिमरा विमानस्थलमा सफल परिक्षण उडान गरेको छ ।

कम्पनीले ‘९ एनएएनएफ क्यू ४००’ जहाजबाट बुधबार यी दुई गन्तब्यमा सफल परीक्षण उडान गरेको श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

कम्पनीले गत भदौमा छैठौं जहाज भित्राएको थियो । अहिले विभिन्न ७ गन्तब्यमा उडाइरहेको श्रीले जनकपुर र सिमरामा समेत उडान विस्तारको योजना बनाएको छ । यसबाहेक पोखरामा समेत उडान थाल्ने श्री एयरलाइन्सको तयारी छ । कम्पनीसँग ६ वटा जहाज रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?