+
+

गुगलमा ‘कविर सिंह’लाई सर्वाधिक खोजियो

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते १०:५८

सन् २०१९ विस्तारै विदा हुँदैछ । योसँगै बलिउड चलचित्रको वार्षिक समिक्षा पनि सार्वजनिक हुन थालेका छन् । यो बर्ष गुगलमा सर्वाधिक खोजिएको चलचित्रमा ‘कविर सिंह’ परेको छ । भारतमा गुगल प्रयोग गर्ने प्रयोगतकर्ताले साहिद कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘कविर सिंह’लाई सर्वाधिक खोजेका छन् ।

यो सूचीको दोश्रो स्थानमा हलिउड चलचित्र ‘एभेन्जर्स इन्डगेम’ छ । यो सूचीमा हलिउड चलचित्र ‘जोकर, क्याप्टेन मार्भल’ र बलिउड चलचित्र ‘सुपर ३०’ पनि छन् ।

साहिद कपुर र कियरा अडवाडी अभिनित चलचित्र ‘कविर सिंह’ले यो बर्ष बक्स अफिसमा २८० करोड हारहारीको व्यापार गरेको थियो । यो वर्षको सर्वाधिक नाफा कमाउने चलचित्रमा यो चलचित्र पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?