Comments Add Comment

फोटोफिचर : थिंलाथ्व पूर्णिमा अर्थात योमरी पुन्ही

आज मार्ग शुक्लपक्ष थिंलाथ्व पूणिर्माका योमरी पुन्ही नेवार समुदायमा हर्सोल्लासका साथ मनाउँदैछ ।

नेवार समुदायमा जाडोयाममा मनाइने पर्वमध्ये महत्वपूर्ण हो योमरी पुन्ही । यस अवसरमा बिहानैदेखि घरघरमा विशेष मन्त्रोचारणका साथ नित्यपुजा गरिने सबै प्रकारका देवीदेवतालाई पनि योमरी चढाई पूजा गर्ने गरिन्छ ।

धनका देवता मानिने भगवान कुवेर एक मगन्तेको भेषमा आई एउटा घरमा खानेकुरा माग्न जाँदा आजकै दिन परेकाले घरबेटीले कुवेरलाई सन्तुष्ट हुने गरी योमरी खुवाएको र भगवान कुवेर खुशी भई तिम्रो घरमा लक्ष्मीले बास गरुन् र धनधान्य होस् भनी आशीर्वाद दिई अलप भएकाले यो दिनलाई धान्यपूणिर्मा पनि भनिने गरिएको लोकश्रुति छ ।

यो दिन ‘योसिं त्यो बकसिं त्यो लातापाता कुलिंचा जुसिंत्यो‘ नेवारी गीत गाउँदै नाच्दै योमरी माग्न आउने युवायुवतीलाई योमरी दिएर खुसी पार्ने परम्परा रहेको छ ।

योमरी बनाउँदा योमरीको साथसाथै लक्ष्मी, सरस्वती र कुवेर, ख्याकको पनि मूर्ति बनाउने गरिन्छ । यस उपलक्ष्यमा छोरी तथा ज्वाइँलाई बोलाएर नखत्याको रुपमा योमरी खुवाउने प्रचलन नेवार समुदायमा पाइन्छ । त्यस्तै योमरी पून्हीको अवसर बाहेक छोराछोरीको उमेर दुई र चार वर्षको जन्मदिनमा योमरी र लोंचा मरीको माला लगाई दिने चलन नेवार समुदायमा अझै कायमै छ ।

योमरीमा चाकु र तिलका साथै नरिवल तथा सुकमेलको धुलो राखेर अझ मिठोसँग बनाउने गरिन्छ । चामलकै पिठोबाट प्यारामरी पनि बनाइने गरिन्छ । चाकुविनाको चामल ५ वटा गेडा राखेर पनि योमरी बनाइने गरिन्छ । मार्ग शुक्लपक्ष थिंलाथ्व पूणिर्माका दिन योमरी पुन्ही नेवार समुदायमा धुमधामका साथ मनाइने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment