+

पोखरा प्रिमियर लिगको तयारी पूरा, विजेताले २७ लाख पाउने

२०७६ मंसिर  २६ गते १६:५९ २०७६ मंसिर २६ गते १६:५९
पोखरा प्रिमियर लिगको तयारी पूरा, विजेताले २७ लाख पाउने

२६ मंसिर, पोखरा । शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकटको तयारी पूरा भएको छ ।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फ्रेञ्चाइज टिमहरु विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् ।

प्रत्येक टिममा तीन जना विदेशी खेलाडी छन् । टिमका खेलाडी पोखरा पुग्ने क्रम सुरु भएको छ । विजेतालाई २७ लाख रुपैयाँ प्रदान गरिनेछ भने उपविजेताले १० लाख रुपैयाँ पाउनेछ ।

यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई मोटरसाइकल प्रदान गरिनेछ भने मोस्ट भ्यालुएवल प्लेयरलाई १ लाख र इमर्जिङलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । हरेक खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछ ।

प्रतियोगिताको ट्रफी भोलि सार्वजनिक गर्ने आयोजकको तयारी छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय