+
+
Shares

पर्वतमा भिरबाट लडेर महिलाको मृत्यु   

रासस रासस
२०७६ मंसिर २६ गते १७:५५

२६ मंसिर, पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

स्थानीयवासी २७ वर्षीया सुधा दर्जीको दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको हो । स्थानीय बासे ओढार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बुधबार दिउँसो दाउरा खोज्न गएकी दर्जी साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान मृतावस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

दाउरा बोकेर फर्किने बेला भिरबाट लडेर ज्यान गएको अनुमान प्रहरीको छ । मृतक दर्जीको शवपरीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?