Comments Add Comment

उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर, काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

आजको दिनलाई किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा लिन्छन् ।

भूमिपूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

बिहीबार ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरमा किरात समुदायले विशेष कार्यक्रम गरी उधौली पर्व मनाएका छन् । हेर्नुहोस् तस्वीरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment