
अन्तर्राष्ट्रिय प्रविधि समूह एण्ड्रिजले आज काठमाडौंमा आफ्नो चौथौं सेवाग्राही दिवसको आयोजना गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन संयुक्त रुपमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उप प्रमख माथियास रेडोजोटिक्स, यातायात र प्रविधिका लागि अटासी माइकल लेडरर, एण्ड्रिजको दक्षिण एसिया, दक्षिण पूर्व एसिया तथा ओसिनियाका क्षेत्रीय कार्यकारी जोशेफ उल्मरले गरे ।
एण्ड्रिजले नेपालसँग ३ दशक लामो ऐतिहासिक सम्बन्ध कायम गरेको छ । साथै, नेपालको विकास र प्रगतिको एक हिस्सा हुन गएको छ । एण्ड्रिजले नेपालका ३० भन्दा बढी सम्पन्न तथा निर्मार्णाधिन आयोजना गरी लगभग १२०० मेगावाट क्षमताका आयोजनाहरुमा आफ्नो संलग्नता कायम गरको छ ।
यस वर्ष मात्रै लगभग ६७ मेगावाटका ४ आयोजनाहरुलाई सफलताका साथ राष्ट्रिय विद्युतीय प्रसारण लाईनमा जोड्न सफल भएको छ । हाल राष्ट्रिय गौरवका आयोजनाहरु, माथिल्लो तामाकोशी जलविद्युत आयोजना (४५६ मेगावाट) र मध्य भोटेकोशी जलविद्युत आयोजना (१०२ मेगावाट) साथै निजी क्षेत्रबाट संचालित अन्य धेरै आयोजनाहरुमा संलग्न रहेको छ ।
कुलेखानी जलविद्युत आयोजना, मध्य मस्र्याङ्दी जलविद्युत आयोजना तथा चिलिमे जलविद्युत आयोजनाहरुको सफलताका साथ निर्मांण एक दशक अघि सम्पन्न भइसकेको छ ।
जोसेफ उल्मरले नेपालको विकासमा हामी एक हिस्सा भएकोमा गौरवान्वित भएको र साथ दिँदै देशलाई विकासको मार्गमा डो¥याउने प्रतिवद्धता जाहेर गरे ।
नेपालमा एण्ड्रिजको बढ्दो प्रतिवद्धतासँगै यसले सन् २०१७ मा काठमाडौंमा आफ्नो कार्यालय स्थापना गरेको छ र नेपालमा विक्री, सेवा र परियोजना व्यवस्थापनको लागि योग्य समूहको नेतृत्व गरेको छ ।
प्रतिक्रिया 4