Comments Add Comment

हलमा नेपाली फिल्मकै खडेरी

एउटा कुरा के सत्य हो भने, तिहारपछि नेपाली चलचित्र हेर्ने दर्शकको नै हलमा खडेरी लागिरहेको छ । दर्शक नआएर चलचित्रहरु एक साता पनि हलमा टिक्न सकेका छैनन् । कतिपयले जाडोलाई कारण बनाएका छन् भने कतिपयले नेपाली चलचित्रप्रति दर्शकको विश्वास नभएको कारण देखाएका छन् ।

हलमा नेपाली चलचित्र हेर्ने दर्शकको खडेरी लागेको प्रसंग त एकातिर भयो । अहिले त हलमा नेपाली चलचित्रको नै खडेरी लागेको छ । देशकै सबैभन्दा ठूलो चेन भएको मल्टिप्लेक्स क्यूएफएक्सको वेवसाइट चेक गर्ने हो भने, यो साता कुनै पनि नेपाली चलचित्र हलमा छैनन् । गतसाता रिलिजमा आएको चलचित्र ‘माछा माछा’ले दर्शक तान्न नसक्दा आज शुक्रबारदेखि यो चलचित्र हलबाट उत्रिएको छ ।

‘माछा माछा’ भन्दा अगाडि रिलिज भएका नेपाली चलचित्र पनि हलमा टिक्न सकेनन् । यसैले, अहिले मल्टिप्लेक्समा हलिउड र बलिउड चलचित्र मात्र बाँकी छन् । आजबाट रिलिज हुने चलचित्र मात्र होइन, आउँदो साता रिलिज हुने चलचित्रको सूचीमा पनि कुनै नेपाली चलचित्र छैनन् ।

किनकी, पौष महिनामा नेपाली चलचित्र रिलिज गर्न निर्माता डराएका छन् । यसैले, अब नेपाली चलचित्रका दर्शकले आशातित चलचित्र हेर्न ‘साङ्लो र सेल्फी किङ्ग’ नै कुर्नुपर्ने देखिन्छ । यसका लागि करिब २ महिना नेपाली चलचित्रको अभाव हलमा पनि हुने देखिएको छ । चलचित्रको निर्माण गतबर्षको तुलानामा यो बर्ष केही घटेका छन् । अर्कोतिर, चलचित्र चल्नै छाडेपछि निर्माता तर्सिएका पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment