
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेको लामै समय भैसकेको छ । यी दुइको इन्गेजमेन्टपछि नेपाली चलचित्र क्षेत्रका २ जना नायिका बैबाहिक बन्धनमा बाँधिसकेका छन् । तर, प्रियंकाको भने बिहेको सुरसार नै छैन ।
असार महिनामा नै प्रियंका र आयुष्मानको बिहे हुने चर्चा थियो । तर, असारमा बिहे हुन नसकेपछि अब कहिले यो जोडी बैबाहिक जीवनमा बाँधिने हो भन्ने चर्चा पनि चलचित्र बजारमा सुनिन्छ । नायिका ऋचा शर्माको बिहे पार्टीमा सहभागी हुन पुगेकी नायिका कार्कीले भनिन्–‘मेरो पनि चाडै नै हुन्छ । तर, म अहिले नै कहिले हुन्छ भनेर भन्न सक्दिनँ । यो बर्ष भने मेरो बिहे हुँदैन ।’
उनले बिहे नहुनुको कारणबारे भनिन्–‘मेरा धेरै जना आफन्त विदेशमा हुनुहुन्छ । यसैले पनि सबैको समय एकैचोटी नमिलेका कारण बिहे हुन नसकेको हो । सबैको साइत मिलेपछि बिहे गर्छु ।’
नायिका कार्की अहिले चलचित्र भन्दा वेव सिरिजको काममा बढी व्यस्त छिन् ।
प्रतिक्रिया 4