
२७ मंसिर, रामेछाप । सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले रामेछापको खाँडादेवी गाउँपालिकालाई शुक्रबार एम्बुलेन्स उपलब्ध गराएको छ ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकीयर्सको आर्थिक सहयोगमा गोल्मटारले गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो ।
प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए ।
सो अवसरमा उनले ग्रामीण क्षेत्रका सर्वसाधारण एम्बुलेन्स सुविधाको अभावमा समयमै अस्पताल पुग्न नपाउने र महँगो खर्च गर्नुपर्ने समस्याबाट राहत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले भवन र एम्बुलेन्सले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुगेको बताए ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले देखिने भौतिक सहयोगका साथै स्वास्थ्य क्षेत्रको विकासमा यो अवधिमा निक्कै प्रगति भएको बताए ।
अमेरिकीयर्सकी एसिया प्यासिफिक निर्देशक जोन लिटलफिडले ग्रामिण भेगको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गरिन् ।
प्रतिक्रिया 4