Comments Add Comment

मन्त्री गुरुङसँग जापानी राजदूतको भेटवार्ता

२७ मंसिर,काठमाडौं । नेपालका लागि जापानी राजदूत मासामिची सागोइले वैदेशिक रोजगारीबाट फर्किएका महिलाका लागि सहयोगका कार्यक्रम सञ्चालन गर्न सकिने बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङसँग शुक्रवार भेट गरी उनले जापानले जेष्ठ नागरिकका हितमा केन्द्रित सहयोग जारी राख्ने बताउँदै महिलाको पक्षमा काम गर्न चाहेको जानकारी द्यिए ।

शुक्रबार सिंहदरबारस्थित मन्त्री गुरुङको कार्यकक्षमा भएको शिष्टाचार भेटवार्तामा दुई मुलुकबीचको मित्रता र द्धीपक्षीय सहयोगका क्षेत्रका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री गुरुङले नेपालको कृषि क्षेत्र र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकोमा जापान सरकारप्रति आभार व्यक्त गर्दै भूकम्पपछिको पुनर्निर्माणमा जापान सरकार र जापानी जनताले गरेको सहयोग समेत स्मरण गरे ।

उनले नेपालको ग्रामिण क्षेत्रका महिलालाई कृषि उद्यमी बनाउन र उनीहरुद्धारा उत्पादित सामग्रीको बजार प्रवद्र्धनमा जापान सरकारबाट थप सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment