+
+
Shares

सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते ११:१७
केन्द्रीय पदाधिकारीसहित बसेको नेकपा सुपको बैठक । तस्वीर : फाइल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको छ ।
  • बजेट पारित गर्न र नयाँ सत्ता समीकरणबारे छलफल गर्न नेकपाले संसदीय दलको बैठक बोलाएको छ ।
  • बिहीबार राति १२ बजेसम्म बजेट पारित नभएमा सुदूरपश्चिम प्रदेश बजेट शून्यताको जोखिममा पर्ने देखिएको छ ।

३२ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ । अहिले केहीबेरमा  संसदीय दलको कार्यालयमा बैठक बस्दैछ ।

बैठकमा सत्ता समीकरणबारे छलफल हुनेछ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो मन्त्री बर्खास्त गरेपछि एमालेले उनलाई दिएको समर्थन फिर्ता लिएको छ । यो सँगै अल्पमतमा परेका शाहले प्रमुख प्रतिपक्षी नेकपासँग सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

शाहले अहिलेको बजेट पारित गर्न सघाउन र पछि सत्ता सहयात्रा गर्ने भनी गरेको प्रस्ताव नेकपाले अस्वीकार गरेको थियो ।

यद्यपि दुवै पार्टीका नेताहरू अहिले पनि छलफलमै छन् ।

एमालेले अगामी वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति असहमति जनाउँदै खर्च कटौतीको प्रस्ताव पेश गरेको थियो । सोही विषयमा विवाद बढ्दै जादा कांग्रेस र एमालेको सत्ता सहकार्य टुटेको हो । एमाले बाहिरिएपछि अल्पमतमा परेको मुख्यमन्त्री शाहले बिहीबार राति १२ बजेसम्म अगामी वर्षको बजेट पारित गर्नुपर्ने बाध्यता छ ।

बजेट पारित नहुने र सरकारले पेश्की बजेट पनि नल्याउने अवस्था बनेमा भने प्रदेश बजेट शून्यतामा जाने जोखिम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?