Comments Add Comment

साइकल लेनको अनुभव लिन र्‍याली, कर्मचारीलाई साइकल चढेर कार्यालय आउन आह्वान

२८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य शनिबार केहीबेर साइकलमा हुइँकिएका छन् । महानगरको सहरी योजना आयोगले आयोजना गरेको साइकल र्‍याली उद्घाटनमा पुगेका मेयर शाक्यले केहीबेर साइकल चलाएका हुन् ।

साइकल र्‍याली कार्यक्रममा सहभागी हुन महानगरका मेयर शाक्यसँगै उपमेयर हरिप्रभा खड्गी, आयोगका कार्यकारी उपाध्यक्ष सरोज बस्नेतलगायत माइतीघर पुगेका थिए ।

आयोगले माइतीघरदेखि कोटेश्वरसम्म साइकल लेन बनाउनका लागि डिजाइन सार्वजनिक गरिसकेको छ । शनिबार साइकल यात्रीहरुको अनुभव लिनका लागि र्‍याली आयोजना गरिएको थियो ।

मेयर शाक्यले केहीबेर साइकल कुदाएपछि अहिले कुदाउन केही अप्ठ्यारो सामना गर्नुपर्ने बताए । तर लेन बनिसकेपछि भने सहज हुने बताए । स्वास्थ्यका लागि समेत साइकल कुदाउनु राम्रो मानिने भन्दै उनले साइकल लेन बनेपछि साइकल प्रयोगकर्ताहरु बढ्न सक्ने उनले बताए ।

महानगरको सहरी योजना आयोगका कार्यकारी उपाध्यक्ष बस्नेतले साइकल लेन निर्माण नभई साइकलमा यात्रा गर्दा कति कठिन हुन्छ भनेर अनुभव लिन र्‍याली आयोजना गरिएको बताए । उपाध्यक्ष बस्नेतले भने, ‘लेन निर्माण भइसकेपछि पनि यसरी नै र्‍याली आयोजना गरेर अनुभव लिनेछौं ।’

आधुनिक तरिकाले निार्माण गरिने भनिएको साइकल लेनका लागि यसअघि नै ट्रयाक छुट्याइसकिएको छ । यद्यपि ती ट्र्याक अतिक्रमणमा परेका छन् ।

यो पनि पढ्नुहोस साइकल लेनको नयाँ योजना, तर भएकै लेनको यो गति !

साथै साइकल लेनमा सिमेन्टका ब्लक ओछ्याइएका कारण यात्रा गर्न कठिन हुने गरेको अनुभव साइकल यात्रीको छ ।

साइकल लेनका लागि केही दिनभित्रै काम सुरु गर्ने उपाध्यक्ष बस्नेतले बताए । उपाध्यक्ष बस्नेतका अनुसार छेउको लेन र पैदल यात्री हिँड्ने सडक पेटीको बीचमा साइकल लेन निर्माण हुनेछ ।

साइकल चढेर कार्यालय आउने वातावरण बनाइन्छ : ढकाल

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख नबराज ढकालले कर्मचारीहरुलाई हप्तामा कम्तिमा एक दिन साइकल चढेर कार्यालय आउने वातावरण बनाइने बताएका छन् । त्यसका लागि केही आकर्षक योजना ल्याइने उनले बताए ।

साइकल यात्रीहरुले महानगरसँग धुवाँधुलोका कारण असर गर्न सक्ने भन्दै यसका लागि आवश्यक काम गर्न सुझाव दिएका छन् । उनीहरुले सडकका ठाउँठाउँमा र विभिन्न शिक्षण संस्था तथा कार्यालयहरुमा समेत साइकल स्ट्याण्ड निर्माण हुनु पर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment