Comments Add Comment

निर्देशक समाजको अध्यक्षमा रक्षा राणा विजयी

चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा रक्षा सिंह राणा विजयी भएकी छिन् । आज भएको समाजको चुनावी अधिवेशनबाट उनी विजयी भएकी हुन् । उनले ४५ भोट ल्याउँदा उनको प्रतिद्धन्द्धी मानिएकी सुचित्रा श्रेष्ठले ४४ भोट प्राप्त गरिन् । यस्तै, अध्यक्ष पदका अन्य उम्मेदवार लक्ष्मण रिजाल र शेखर खनालले क्रमशः १९ र ३ भोट प्राप्त गरेका छन् ।

निर्देशक समाजको निर्वाचनका लागि २१७ जना मतदाता थिए । तर, जम्मा १३४ भोट मात्र खसेको थियो । यस्तै, उपाध्यक्ष पदमा राजु अधिकारी र राजेन्द्र कुमार उप्रेती विजयी भएका छन् ।

यस्तै, महासचिव पदमा भने जनकदिप पराजुली विजयी भएका छन् । सचिव पदमा अरुण कुमार प्रधान विजयी हुँदा कोषाध्यक्ष पदमा समुन्द्र भट्ट निर्विरोध विजयी भएकी थिइन् । सह–कोषाध्यक्ष पदमा हरि सिलवाल विजयी भएका छन् । सदस्य पदमा किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल, थमन सिंह पूर्जा र सुरेश न्यौपाने विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment