
२९ मंसिर, बुटवल । तिलोत्तमा नगरपालिकालाई बालमैत्री बनाउन सरोकारवाला पक्षले प्रतिबद्धता जनाएका छन् । ०७७ जेठ ३० गते तिलोत्तमा नगरपालिकालाई बालमैत्री घोषणा गर्ने प्रतिबद्धतामा हस्ताक्षर भएको हो ।
नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमामा बालमैत्री स्थानीय शासनका अधिकांश न्यूनतम सेवा सूचकहरु पूरा भैसकेका र बाँकी सूचकहरु पूरा गरी तोकिएकै समयमा बालमैत्री नगरपालिका घोषणा गरिने बताए । यसका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न उनले सबै नगरबासीलाई आग्रह गरे ।
नेपालमा स्थानीय तहको पुनर्संरचनापछि चार वटा स्थानीय तह र वडागत हिसाबले ३० वटा वडाहरु बालमैत्री स्थानीय तह घोषणा भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4