Comments Add Comment

सहमतिको प्रयास तीब्र, पौडेल समूह बैठकमा भने नजाने

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन र रामचन्द्र पौडेल समूहबीच सहमतिको प्रयास तीब्र भएको छ ।

१४ औं महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउनुपर्ने माग राख्दै वरिष्ठ नेता पौडेलको समूहले शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो । त्यसको भोलिपल्ट सभापति शेरबहादुर देउवाले पौडेललाई भेटे भने उपसभापति विमलेन्द्र निधिले पौडेल समूहको वार्ता टोलीसँग छलफल गरेका थिए ।

निधिले आइतबार विहानै महामन्त्री शशांक कोइरालालाई भेटेका छन् । दुई नेताबीच सकारात्मक कुराकानी भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

स्रोतका अनुसार नेविसंघ र तरुण दलको नेतृत्व, केन्द्रीय विभागहरु गठन र १४ औं महाधिवेशनको कार्यतालिकाबारे सहमति खोज्न दुबै नेता सहमत छन् । यद्यपि यसबारे संस्थापन पक्षले चारै विषयमा ठोस प्रस्ताव राखेको छैन ।

पौडेल समूहले भने १४ औं महाधिवेशनको कार्यतालिकालाई जारी केन्द्रीय कार्यसमिति बैठकको प्रमुख एजेण्डा बनाउनुपर्ने अडान लिएको छ । निधिले भेटेपछि महामन्त्री कोइरालाले पौैडेल समूहको वार्ता टोलीसँग कुराकानी गरेका थिए ।

संस्थापन पक्षसँग कुनै सहमति नभइसकेको भन्दै नेताहरुले बैठकमा नजाने निर्णय गरेका छन् ।

बैठक आइतबार १ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment