Comments Add Comment

हत्यापछि फरार आरोपित १५ वर्षपछि पक्राउ

२९ मंसिर, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) १५ वर्षअघि धारिलो हतियार प्रहार गरेर फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको साबिक गोर्स्याङ गाविस–८ हाल तार्केश्वर–५ बस्ने ४० वर्षीय सन्तबहादुर तामाङ र ३२ वर्षीय केशव लामा छन् ।

ब्युरोका एसपी वलबहादुर पाण्डेका अनुसार पक्राउ गरेर दुवै जनार्लाइ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवोकाट पठाइएको छ ।

२६ वैशाख ०६१ मा तामाङ र लामासहित चार जनाले तार्केश्वर–५ का १५ वर्षीय लैलु लामालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment