+
+
Shares

युएईमा किराँत समुदायले मनाए साकेला उधौली चाड

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १३:१७

युएई। युएईमा रहेका किराँत समुदायले ‘साकेला उधौली’ चाड धुमधमाका साथ मनाएका छन् । किराँत राई यायोख्या युएई शाखा र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजनामा शुक्रबार अबुधाबीको मुसाफा पार्कमा किराँत संस्कृतिसहित साकेला उधौली चाड मनाइएको हो ।

किराँत समुदायले प्रत्येक वर्ष मंसिर पूर्णिमालाई उधौली र वैशाखे पूर्णिमालाई उभौली चाडका रुपमा मनाउने गर्दछन्। अन्नबाली भित्र्याउने समय मंसिरमा साकेला उधौली र बिउबिजन लगाउने महिना वैशाखमा साकेला उभौली मनाउने गरिन्छ ।

साकेला चाडको अवसरमा परम्परागत भेषभूषामा सजिएका किराँत साथै अन्य समुदायका नेपालीहरु भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नृत्य प्रस्तुत गरेका थिए। साथमा किराँत संस्कृतिका साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा, चमरलगायत बजाइएको थियो।

किराँतीहरुले आफ्नो घरको मूल चुलामा पूजा गरी साकेला थानमा पीतृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्दछन्।

युएईको विभिन्न राज्यमा कार्यरत किराँत समुदाय एकीकृत भइहरेक वर्ष यो चाड मनाउँदै आएको यायोख्या युएई शाखाका पूर्वअध्यक्ष हर्कजंग राईले बताए। युएईमा सन् २००५ देखि साकेला चाड मनाइँदै आएको छ ।

समाजले नेपालबाटै साङ्गीतिक बाजाहरू यहाँ जुटाएर आफ्ना पुस्तामाझ चिनाउने र वाद्ययवाधनको संरक्षण गदै आएको राईले बताए ।

किराँत समुदायले यहाँको स्थानीय प्रशासनको अनुमतिमा कार्यक्रम गरेको हो । यायोख्या युएई शाखा अध्यक्ष चन्द कला साम्पाङ्गको सभापतित्वमा कार्यक्रममा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?