Comments Add Comment

नेकपा स्थायी कमिटीको बैठक सुरु

२९ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बारीमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् ।

नेकपाको विधानमा स्थायी कमिटी बैठक तीन-तीन महिनामा बस्ने उल्लेख छ । तर बिभिन्न कारण देखाउादै यसअघि स्थायी कमिटी बैठक बस्न सकेको थिए ।

यसअघि आइतबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका पाँच एजेण्डा तय गरेको थियो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । यो अर्का अध्यक्ष ओलीसँग समेत परामर्श गरेर तयार पारिएको हो । यसबाहेक विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायत एजेण्डा पनि छन् ।

यो पनि पढ्नुहोस केन्द्रीय कमिटीपछि मात्र नेकपाले बामदेवलाई उपाध्यक्ष बनाउने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment