+
+

केन्द्रीय कमिटीपछि मात्र नेकपाले बामदेवलाई उपाध्यक्ष बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १३:१८

२९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विधान संशोधनलाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि नेता बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ ।

नेकपा स्थायी कमिटी बैठक आइतबार सुरु हुँदैछ, जसको एउटा एजेण्डा विधान संशोधन हो ।

विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने र गौतमलाई नियुक्त गर्ने दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भइसकेको छ । त्यसअनुसार सचिवालयले गरेको विधान संशोधन स्थायी कमिटीले अनुमोदन गर्नेछ ।

स्थायी कमिटीले विधान संशोधन गरेसँगै गौतमलाई उपाध्यक्ष बन्ने भए पनि पार्टीका केही नेताहरुले विरोध गरेका छन् । त्यसैले अब विधान संशोधनलाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्र गौतमलाई उपाध्यक्ष बनाइने सचिवालयका एक सदस्यले बताए ।

उनकाअनुसार केन्द्रीय कमिटी बैठक पुस मसान्तभित्र बोलाउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?