Comments Add Comment

श्रीमद्भागवत गीता : अनुचित कर्मको कारण के हो ?

श्रीमद्भागवत गीता केवल धार्मिक पुस्तक होइन । यसलाई तत्कालीन समाजमा परिभाषा गर्ने क्रममा दीर्घकालसम्म चलिरहोस् भन्नको लागि धार्मिकीकरण गरिएको भएपनि यो त एक किसिमको जीवन जिउन सिकाउने कलाहरुको संग्रह हो । जीवनलाई कसरी सरल बनाउने ? खुशी कसरी हुने ? जस्ता कला सिकाउने भएकोले पनि यो एक जीवनोपयोगी पुस्तक मान्ने गरिएको छ ।

गीता ज्ञानबारे सोही गीतामै पनि उल्लेख गरिएको छ । गीता अध्ययनको क्रममा हामीले विविध पक्षहरुलाई ध्यान दिनुपर्ने हुन्छ । जस्तो हामीले श्रीकृष्णलाई भगवानको रुपमा मान्छौं । तर, स्वयं गीतामा समेत श्रीकृष्णले आफूलाई भगवान नभनेर एक महापुरुषको रुपमा चित्रण गरेका छन् । महापुरुष नै भगवान् हुन् । ज्ञान नै धर्म हो । धर्म सिकाउने व्यक्ति नै भगवान हो । त्यसैले श्री कृष्णलाई पनि भगवान मानियो ।

यो ज्ञान परमात्माबाट सूर्यलाई, सूर्यले त्यसको उपदेश मनुलाई दिए । मनुले इक्ष्वाकुलाई दिए । यसैगरी राजषिर्हरु यस ज्ञानलाई जान्ने गर्छन् । जसले आफ्नो अन्तर्मनलाई जानेर व्यवहार गर्छन्, उनीहरु नै ज्ञानी हुन् । जसले यसमा रहेको ब्रहृमज्ञानलाई जानेर व्यवहार गर्छन् । उनीहरु नै ज्ञानी हुन् । त्यसैले ज्ञानीहरु कस्ता हुन्छन् ? भन्ने बारेमा पनि गीतामा श्रीकृष्णले नै बताएका छन् ।

गीतामा निस्काम कर्मको कुरा

श्रीमद्भागवत गीता एक निस्काम कर्म योग सिकाउने शास्त्र हो । यसमा कर्मलाई नै प्रधान मानिएको छ । त्यो पनि आशक्ति र कुनै प्राप्तिको लागि नभई स्वतन्त्र रुपमा गरिने कर्म नै उसको मन्त्र हो । एउटै विषयमा समेत अनेकानेक दर्शन जोडिएको यो शास्त्रमा उल्लेख गरिएको निस्काम कर्म योग के हो ? यसमा कर्मलाई कसरी परिभाषित गरिएको छ ? भन्ने कुरालाई स्वयं श्रीकृष्णले बताएका छन् ।

गीतामा नै कर्मयोग, ज्ञान योग र भक्तियोगको कुरा उल्लेख गरिएको छ । यसै अन्तर्गत् रहेको कर्म योगमा पनि अनुचित कर्म भनेर पनि उल्लेख गरिएको छ । गीतामा श्रीकृष्णले भनेका छन् अधिष्ठान (कर्मको आधार), कर्ता (गर्नेवालाको शक्ति एवं योग्यता), नाना प्रकारका सामग्रीहरु, विभिन्न प्रकारका चेष्ठाहरु तथा अनुकूल या प्रतिकूल अवस्था नै पाँच अनुचित कर्मको कारणहरु हो भनिएको छ । जुन मनुष्यको शरीर मन तथा वाणीबाट प्रारम्भ हुन्छ । त्यही अनुचित कर्मबाट बच्नु नै सत् मार्ग हो र यही मार्गमा हिँड्ने मानिस नै ज्ञानी हो ।

ज्ञानीहरु त यस लोकमा गर्ने सबै कार्य कारणबाट मुक्त भइसकेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुको कर्म के हो भन्ने विषयमा श्रीकृष्ण स्वयं भन्छन् ‘संसारमा ज्ञानको बारेमा केही पनि जानकारी नभएकाहरुको लागि मुक्तिको बाटो सिकाउनु नै ज्ञानीको कर्म हो ।’ उनी आफूलाई समेत एक ज्ञानीको रुपमा व्याख्या गर्दै भन्छन् ‘मेरो यो लोकमा अब गर्नुपर्ने कुनैपनि कार्य छैन । तर, पनि म सत् कार्यतिर लागिरहेको छु । किनभने यदि कोही पनि ज्ञानीजनले आफ्नो कर्म गरेनन् भने सामान्य मानिसहरुले समेत उनीहरुको नक्कल गरेर सत् कर्ममा मन नै लगाउँदैनन् । जसले उनीहरु भ्रष्ट हुन पुग्छन् ।

सामान्य मानिसहरुको कर्म के हो ?

जस्तो गीताको तेस्रो अध्यायमा रहेको शत्रु विनास प्रेरणा सम्बन्धी अध्यायमा भनिएको छ : ‘स्वधर्म निधनं श्रेयोः परधर्माे भयावहः’ अर्थात् आफ्नो धर्मलाई त्यागेर अर्काे धर्मको धारण गर्नु भयावह विषय हो । यसको अर्थ झट्ट हेर्दा हामीहरु कोरा धर्मको मुद्दालाई उठाउने गर्छन् । तर, यसमा उल्लेख गरिएको धर्म सम्बन्धी विषयले केवल धर्मको कुरा नगरेर हामीले गरिने कार्यलाई उल्लेख गरेको पाइन्छ । जस्तो कुनैपनि व्यक्तिको कर्तव्य पूरा गर्नुु नै उसको धर्म हो भने कर्तव्य पूरा नगर्नु पाप हो । त्यसैले गीतामा भनिएको पनि आफ्नो कार्य त्यागेर जो कोही पनि अरुको कार्य तिर आशक्ति राख्छ भने त्यो भयावह हुनसक्छ ।

त्यस्तै, गीतामा भनिएको अर्काे श्लोक छ ‘कर्मण्येवाधिकारस्ते मा फलेषुकदाचन’ अर्थात् कुनैपनि व्यक्तिलाई कर्म गर्ने अधिकार छ । तर, त्यसको फल खोज्ने होइन । यसको अर्थ कुनैपनि मानिसहरु दुःख गरेर काम गर । तर, त्यसको फल नखोज भन्न खोजेको हो ? पक्कै होइन ।

यसको अर्थ यो हो कि कुनैपनि कामबाट फलको आशा राख्ने मानिस कहिलै पनि सन्तुष्ट हुन सक्दैन । त्यसैले जति कर्म गरिन्छ । त्यसबाट आउने फलमा नै चि     त्त बुझाउनु नै मन शान्ति र दुःख निवारणको मुख्य मार्ग हो । त्यसैले यही शान्तिको लागि नै गीतामा यो व्याख्या गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment