Comments Add Comment

ओमानमा नेपाल भ्रमणवर्ष २०२० को चर्चा

युएई । ओमानमा नेपाल भम्रणवर्ष २०२० विषयक अन्तरक्रिया गरिएको छ । नेपाल भ्रमणवर्ष २०२० को सचिवालय तथा नेपाली दूतावास मस्कटको आयोजनामा त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधि, वुद्धिजीवी तथा सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।

भ्रमण वर्ष सफल बनाउन सरकारले भ्रमण वर्ष सचिवालयका प्रतिनिधिलाई अहिले खाडी राष्ट्र पठाएको हो ।

सचिवालयका उप-सचिव राजन पौडेलको नेतृत्वमा हाल ओमान पुगेको टोलीले भ्रमण वर्षका सम्बन्धमा भए गरेका काम, त्यसको तयारी, भ्रमण वर्षको लक्ष्य, उद्देश्यका साथै ब्राण्डिङ् गाइडलाइनका विषयमा जानकारी गराएको छ ।

नेपाली दूतावास मस्कटकी राजदूत शर्मिला पराजुली ढकालले भ्रमण वर्ष सफल बनाउन खाडी क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायको महत्त्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिइन् । उनले भनिन, ‘सचिवालयले गैरआवासीय नेपाली संघसँग नेपाल भ्रमण वर्षलाई सफल बनाउने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको सन्दर्भमा यसको प्रवर्द्धनका लागि गैरआवासीय नेपालीहरुको महत्त्वपूर्ण योगदान रहनुपर्छ ।’

कार्यक्रममा सहभागी संस्थाका प्रतिनिधिले भ्रमण वर्षको सम्बन्धमा सुझावसहित सफलताका लागि आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

युएईमा भने गैरआवासीय नेपाली संघ युएईको संयोजन तथा दूतावास र विभिन्न संस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा मंसिर ३० गते सोमबार अन्तरक्रिया आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment