Comments Add Comment

साथीहरुको बिहे हेर्दै म रिहर्सल गर्दैछुः केकी अधिकारी

नायिका केकी अधिकारी निरन्तर चलचित्रमा व्यस्त छिन् । उनी अभिनित चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेपनि उनको हातमा कामको अभाव भने छैन । हाल ‘झिंगे दाउ’मा काम गरिरहेकी यी सुन्दरीले यसपछि ‘चालबाज’मा काम गर्नेछिन् ।

नायिका केकी अधिकारीको बिहे चर्चा पनि चलचित्र बजारमा चल्न थालेको छ । हुनत, केकीको प्रेम गायक आर्जन पाण्डेसँग छ भन्ने चर्चा नचलेको होइन । सार्वजनिक कार्यक्रममा पनि उनीहरु सँगै देखिन्छन् । तर, यी दुबैले प्रेम स्विकार भने गरेका छैनन् ।

उनै, केकी अधिकारीले आफूले साथीहरुको बिहे हेरेर आफ्नो तयारी गरिरहेको बताएकी छिन् । केकीले भनिन्–‘नजिकका साथीहरुको बिहे भैरहेको छु । अहिले, म आँचलसँग काम पनि गरिरहेकी छु ।

आँचलको पनि चाडै बिहे हुँदैछ । मेरा लागि अहिले यो रिहर्सल जस्तो भैरहेको छ । कसरी बस्नुपर्छ, के गर्नु पर्दोरहेछ भन्ने सिकिरहेको छु ।’ केकीले अर्को बर्ष बिहे हुन्छ त भन्ने प्रश्नमा अहिले नै भन्न नसकिने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment