
चीन । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले ग्वान्जौस्थित नेपाली महावाणिज्यदूतावासका नवनियुक्त महावाणिज्यदूत हरिशरण पुडासैनीलाईस्वागत गरेको छ ।
१३ डिसेम्बर शुक्रबारका दिन परिचयात्मक कार्यक्रम गरी एनआरएनए चीनले पुडासैनीको स्वागतसँगै शुभकामना व्यक्त गरेको हो ।
१८ महिनादेखि रिक्त रहेको महावाणिज्यदूतावासमा पुडासैनीले हालै पदभारग्रहण गरेका हुन् ।
कार्यक्रममा एनआरएनए चीनका अध्यक्ष प्रदीप न्यौपानेले नेपाल र नेपाली जनताको हितमा कार्य गर्न उत्प्रेरित गर्ने उद्धेश्यले यस्तो कार्यक्रम राखिएको बताए ।
सोही कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एसिया प्रशान्त क्षेत्रीय महिला संयोजकमा निर्विरोध निर्वाचित अमृता थापालाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4