+
+
Shares

यूएनको गाडी ट्राफिक कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १७:१६

२९ मंसिर, जनकपुरधाम । पार्किङ गर्न रोक लगाइएको ठाउँमा राखेपछि जनकपुरधाममा संयुक्त राष्ट्र संघ (यूएन) को गाडीलाई कारबाही गरिएको छ । ‘नो पार्किङ’ मा राखिएपछि यूएनको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ गरेको छ ।

६६–१–१३२१ नम्बरको यूएनको गाडी भानु चोकस्थित पार्किङ् गर्न बन्देज गरिएको ठाउँमा राखेर चालक गएपछि गाडीको ह्वील लक गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक केदार प्रसाद पौडेलले जानकारी दिए । गाडीको ह्वील लक गरेको केहि बेरमा चालक आएपछि ट्राफिक प्रहरीसँग भनाभन गरेका थिए ।

‘पछि ट्राफिक प्रहरीले जरिवाना काट्न खोज्दा उनी दिन मानेनन्’ प्रहरी सहायक निरीक्षक पौडेलले भने, “यसपछि हामी चालकको चालक अनुमति पत्र (लइसेन्स) नियनत्रणमा लिएका छौं ।”

उनका अनुसार लाइसेन्स लिन आउने बेला उनलाई जरिवाना तिर्नुपर्ने हुन्छ । कानूनभन्दा माथि कोही नहुने भएकाले गल्ती गर्नेलाई कारबाही गरिएको उनको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?