Comments Add Comment

जुनियर ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

२९ मंसिर, काठङ्गाडौं । बंगलादेशको राजधानी ढाकामा आयोजना हुने ‘बंगलादेश जुनियर ईन्टरनेशनल सिरिज २०१९’ मा नेपालमा ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यसका लागि खेलाडीसहित ५ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आइतबार ढाका प्रस्थान गरेको छ ।

खेलाडीहरुमा दुबई ईन्टरनेशनल सिरिजका विजेता प्रिन्स दाहाल, राष्ट्रिय च्याम्पियन रशिला महर्जन, जेशिका गुरुङ्ग र देवराज राना रहेका छन् । डिसेम्बर १७ देखि २२ सम्म आयोजना हुने सिरिजमा प्रतिस्पर्धा गर्न जाने टोलीको नेतृत्व प्रशिक्षक किरण थापाले गरेका छन् ।

नेपाली खेलाडीहरुले पुरुष तथा महिला एकल र युगल तथा मिक्स युगलमा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, उपमहासचिव लवभक्त श्रेष्ठ, सचिव समिर बहादुर सिंह र सदस्य जगत बहादुर खड्काले बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment