Comments Add Comment

पब्जी निर्माताले बनाउँदैछन् नयाँ अनलाइन गेम

प्लेयर्स अननोन्स ब्याटल ग्राउण्ड अर्थात् पब्जी अहिले विश्वको सबैभन्दा लोकप्रिय अनलाइन गेम हो । त्यही लोकप्रिय गेम पब्जीका निर्माता ब्रेन्डन ग्रिनले अर्को एउटा नयाँ अनलाइन गेम ल्याउने तयारी गरिरहेका छन् ।

पब्जी निर्माताले तयार गरिरहेको उक्त नयाँ गेमको नाम Prologue राखिसकिएको छ । यो गेमको टिजर पनि सार्वजनिक भैसकेको छ ।

निर्माता कम्पनी टेनसेन्टले उक्त नयाँ गेमको ३० सेकेण्ड लामो टिजर हालै सार्वजनिक गरेको हो । टिजर हेर्दा यो एक सर्भाइभल गेम हो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

टिजरबाट अर्को के कुरा पनि थाहा पाउन सकिन्छ भने उक्त गेमको मुख्य पात्र एकजना पुरुष रहेको छ । जसले कठीन परिस्थितिमा पनि ज्यान जोगाउने कोसिस गर्दछ ।

कम्पनीले यस गेमको बारेमा थप जानकारी दिनका लागि दोश्रो टिजर पनि सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।

करोडौँ प्रयोगकर्ताको बीचमा लोकप्रिय रहेको पब्जी गेमबाट उत्साहित बनेको टेनसेन्टले अब ल्याउने नयाँ गेम सस्तो खालका तथा कमसल स्मार्टफोनमा समेत खेल्न सकिने बनाउनेछ । स्मरणरहोस् पब्जी गेम लोकप्रिय भएता पनि उच्च गुणस्तरीय तथा शक्तिशाली हार्डवेयर भएका स्मार्टफोनमा मात्र राम्रोसँग चल्ने तर बजेट स्मार्टफोनमा राम्रोसँग खेल्नमा समस्या आउने गरेको गुनासो प्रयोगकर्ताले गर्ने गरेका थिए ।

सोही कारण कम्पनीले कम र्याम क्षमताका बजेट स्मार्टफोनमा समेत चलाउन मिल्ने पब्जीको लाइट भर्सन समेत ल्याएको थियो । जुन २ जिबी वा त्यो भन्दा कम र्याम भएका स्मार्टफोनमा समेत राम्रोसँग खेल्न सकिन्छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment