Comments Add Comment

दुईवटा ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते   

३० मंसिर, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा सोमबार बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक बिहान साढे सात बजेको समयमा एकापसमा ठक्कर खाएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ७९६७ नम्बरको ट्रकका चालक जोगीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल ब्रदेवान, ८७४३ नम्बरको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन र सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जनाकै अवस्था मध्यम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment