Comments Add Comment

सम्बन्ध अटुट बनाउनका लागि

विवाहको धेरै वर्षपछि आफूले बिताएको हनिमुनको समय जब केवल सम्झना मात्र भएर रहन्छ र  केही वैवाहिक समस्याहरु पनि उत्पन्न हुन थाल्छ । त्यस्तो अवस्थामा सम्बन्धलाई सधैं बलियो बनाइराख्नका लागि विभिन्न कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ ।

पार्टनर कम रुममेट धेरै लाग्न थालेमा

विवाहको केही वर्षपछि एउटा त्यस्तो समय आउँछ । जसमा तपाईंलाई आफ्नो पार्टनर, पार्टनर कम र रुममेट बढी जस्तो व्यवहार गर्न थाल्छ । तपाईं लामो समयसम्म आफ्नो बलियो सम्बन्धमा बाँधिरहनका लागि एक-आपसमा आकर्षण यथावत राख्न आवश्यक छ ।

यसको लागि विभिन्न कुराहरुलाई ध्यान दिएर अगाडि बढ्नुपर्छ । कहिलेकाहीँ लामो यात्रामा जानुपर्छ । एक-अर्कालाई सरप्राइज दिनुपर्छ । शारीरिक हाउभाउद्वारा समय-समयमा एक-अर्काप्रति प्रेम प्रकट गर्नुपर्छ । यदि तपाईंलाई काउन्सलिङ आवश्यक छ भने काउन्सलरलाई पनि भेट्नुपर्छ । त्यस्ता कोसिसहरुले तपाईंहरुलाई एक-अर्कासँग जोडिराख्न सहयोग पुर्‍याउँछ ।

यी सबैको विपरित यदि तपाईंले आफूहरुबीच कुराहरुलाई बेवास्ता गरेर जिन्दगी अन्य कुराहरुमा ध्यान दिन थाल्नुभयो तपाईंलाई आफ्नो पार्टनर, पार्टनर कम रुममेट बढी लाग्न थाल्छ ।

एक-अर्कालाई बोरिङ सम्झनु

विवाह भएको वर्षौपछि पनि आफ्नो हरेक दिन परिहरुको कथा जस्तो सुन्दर हुन्छ भन्ने सोच्नु मूर्खता हुन्छ । यदि तपाईं आफ्नो वैवाहिक जिन्दगीदेखि दिक्क मान्न थाल्नु भएको छ । त्यसको अर्थ  एक-अर्कासँग सम्झौता गरेर जीवन बिताइरहनु भएको छ भन्ने बुझिन्छ । तपाईं एक किसिमको रुटिन लाइफ बाँच्न थाल्नु भएको छ र कुनै पनि किसिमको जोखिम उठाउन चाहनुहुन्न ।

सेक्स तथा एजिङसँग सम्बन्धित विषयहरुमा छलफल गर्न अथवा आफ्नो दिनचर्यामा परिवर्तन ल्याउन पनि हिच्किचाउन थाल्नु भएको छ भने तपाइर्ंले आफूलाई परिवर्तन गर्न आवश्यक छ । आफूहरुसँग सम्बन्धित हरेक कुराहरुमा कुराकानी गरेर जीवनमा विविधता ल्याउन आवश्यक हुन्छ ।

रोमान्स र फिजिकल क्लोजनेसको कमी

प्रायः हरेक दम्पतीको विवाहको केही वर्षपछि यौन क्रियाकलाप कम हुन थाल्छ । यसको विभिन्न कारणहरु हुन्छन् । जस्तै शारीरिक र मानिसिक समस्याहरु, निद्राका समस्याहरु, बच्चाको जन्म, औषधिको असर, सम्बन्धसँग सम्बन्धित समस्याहरु आदि ।

विवाहको केही वर्षपछि त्यस्ता समस्याहरु हुनु प्रायः सामान्य नै मानिन्छ  । तर, यदि यस्तो स्थिति लामो समयसम्म रहिरह्यो भने र आफूहरुबीचको दुरी बढ्दै गयो भने आपसी सम्बन्धमा खतरा उत्पन्न हुनसक्छ । त्यस्तो स्थितिमा कहिलेकाहीँ रोमान्टिक बन्दै आफ्नो पार्टनरलाई चुम्बन गर्ने र आफ्नो अँगालोमा बेरेर आफ्नो प्रेम दर्शाउने गर्नुपर्छ र पार्टनरलाई शारीरिक रुपमा नजिक सम्बन्ध यथावत रहिरहन दिनुपर्छ ।

उद्देश्यविहीन

विवाह भएको १० देखि १५ वर्षपछि तपाईंलाई आफ्नो जिन्दगीमा कुनै विशेष उद्देश्य प्राप्त नभएकोमा असन्तोष उत्पन्न हुनसक्छ । विवाह भएपछि तपाईंका प्राथमिकताहरु पनि परिवर्तन हुन्छन् । तपाईंको जीवनसाथी र सन्तान तपाईंको लागि सबैभन्दा धेरै महत्वपूर्ण हुुन्छन् । विवाहपछि हरेकले सानातिना सम्झौता गर्नुपर्छ । जसका कारण विभिन्न पटक विशेष गरेर महिलाहरुलाई आफ्नो करियर र जिन्दगीसँग सम्बन्धित अन्य उद्देश्यहरु जस्तै आफ्नो व्यवसाय सुरु गर्नु, मोडलिङ अथवा हबिजहरुमा समय दिनु जस्ता कुराहरुबाट बञ्चित हुनुपर्छ ।

प्रायः दम्पती वैवाहिक जिन्दगीमा स्थिरता कायम गर्नका लागि विवाहको सुरुवाती वर्षदेखि नै सम्बन्धलाई बलियो बनाउन र परिवारलाई अगाडि बढाउने क्रममा आफ्नो सपनाको उडानमा प्रतिबन्धहरु लगाउँछन् । तर, १० देखि १५ वर्ष पनि बित्न नपाउँदै उनीहरुलाई आफ्नो सपनाहरु किन साकार नबनाएको होला भन्ने कुरामा पश्चाताप हुन थाल्छ ।

यदि आफूले देखेको सपना पूरा गर्ने हो भने दम्पती दुवैले मिलेर पाइला अगाडि बढाउनुपर्छ । एक-अर्कालाई पूर्ण सपोर्ट गर्नुपर्छ ।

सहनशक्ति कम हुनु

विवाहको सुुरुवाती वर्षमा जब तपाईंको पार्टनरले कुनै दिक्क लाग्ने अथवा तपाईंलाई डिस्टर्बिङ काम गर्छ भने तपाईं त्यसलाई बेवास्ता गर्नुहुन्छ । तर, समय बित्दै जाँदा धेरै पार्टनरहरुमा एक-अर्काद्वारा गरिएको गल्तीहरुलाई सहने र माफ गर्ने प्रवृत्ति पनि कम हँुदै जान्छ । सुरु-सुरुमा उनीहरु जुन कुरालाई हाँसेर टार्ने गर्थे पछि तिनै कुराहरुका कारण एक-अर्कासँग रिसाउन थाल्छन् ।

जसरी विवाहको सुरुवाती दिनहरुमा एक-अर्काप्रति जुन प्रेम र हेरचाह दर्शाउनु हुन्थ्यो र एक-अर्काको हरेक गल्तीहरुलाई बेवास्ता गर्नुहुन्थ्यो । पछि पनि यी प्रवृत्तिलाई कायम राख्नुपर्छ ।

सानो-ठूलो सेलिब्रेशन

जसरी तपाईं विवाहको सुरुवाती दिनहरुमा हरेक सानो-सानो कुराहरुको सेलिब्रेट गर्नुहुन्थ्यो । ६ महिनाको म्यारिज एनिभर्सरी होस् अथवा फस्र्ट डेट एनिवर्सरी, भ्यालेन्टाइन डे होस् अथवा बर्थडे सेलिब्रेशन यस्ता हरेक अवसरलाई विशेष बनाउने कोसिस गर्छौं । तर, विवाहको १० देखि १२ वर्ष बित्दा-नबित्दै सेलिब्रेशन गर्न कम हुन थाल्छ ।

तर, हरेक सानो-ठूलो खुशीको आनन्द लिनु आवश्यक छ । जस्तै वर्क प्रमोशन, बालबालिकाका बर्थडे, आफ्ना सन्तानले ग्र्याजुएशन डिग्री हाँसिल गरेको सेलिब्रेशन, विवाहको १० वर्ष बितेको अवसरमा सेलिब्रेशन आदि । कहिले पनि त्यस्ता अवसरहरुलाई त्यसै जान दिनुहुँदैन । त्यस्ता मौकाहरुले नै तपाईंहरु दुबैलाई नजिक ल्याउँछ ।

त्यस्ता अवसरहरुमा तपाईं आफ्नो साथी-भाइ र परिवारका सदस्यहरुसँग पनि गेट-टुगेदर गर्न अथवा आपसमा नै सेलिब्रेट गर्न सक्नुहुन्छ । हरेक अवसरलाई अविस्मरणीय बनाउनुपर्छ । त्यस्ता सेलिब्रेशनले खर्च बढाउँछ भन्ने सोच्नुभन्दा पनि यसले दुबैलाई कत्तिको आनन्द र रमाइलो प्रदान गर्‍यो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

आफूबीचको प्रेमलाई सेलिब्रेट गर्नका लागि कहिलेकाहीँ लामो यात्रामा निस्कनुपर्छ । कन्सर्टहरुमा सहभागी हुनुपर्छ । फिल्महरु हेर्न जानुपर्छ । कहिले पनि डेटमा जान रोक्नु हुँदैन ।

ठूल्ठूला इच्छाहरु पूरा गर्न पर्ने दबाब

विवाहको १० देखि १५ वर्ष पुग्दा नपुग्दै दम्पतीहरुले ठूलाठूला जिम्मवारीहरुको बोझ उठाउँछन् । ठूलाठूला लक्ष्य बनाउँछन् । आफ्नो घर, सन्तानको उच्च शिक्षा जस्ता धेरै योजनाहरु उनीहरुको दिमागमा घुम्न थाल्छ । ती सबै कुराहरुलाई पूरा गर्ने चक्करमा आफ्नो सम्बन्धमा ध्यान दिन कम हुन्छ । तर, यस्तो कुराहरुमा सन्तुलन बनाएर अगाडि बढ्नु आवश्यक हुन्छ । यदि  एक-अर्कासँग मिलेर आफ्ना योजना अनुरुप काम गर्नाले सम्बन्ध पनि प्रगाढ हुन्छ र लक्ष्य पनि सजिलै हाँसिल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment