११ कात्तिक, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक १५ कात्तिकमा बोलाएको छ ।
‘यो बैठक महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ । त्यसपछि निरन्तर सचिवालय बैठक बस्नेछ,’ केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेलले बताए ।
उनका अनुसार आगामी सचिवालय बैठकमा विधान प्रतिवेदन, महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड लगायतबारे छलफल हुनेछ । असोज अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले २७–३० मंसिरमा एघारौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4