Comments Add Comment

दया र रेखाको ‘नीरफूल’ फागुण ३० मा रिलिज हुने

चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति तय गरिएको छ । यो चलचित्र अब, फागुण ३० गतेबाट रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति यसअघि वैशाख र भदौमा तोकिएको थियो । तर, पोष्ट प्रोडक्शनमामा ढिलाई भएपछि चलचित्रको प्रदर्शन मिति बारम्बार सरेको बताइएको छ ।

भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा यो चलचित्र बनेको छ । यो चलचित्रलाई संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाण्डौमा छायांकन गरिएको यो चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्दि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् ।

यो चलचित्रमा निर्देशक वल र सचिन घिमिरेको पटकथा छ । निर्देशक बलले चलचित्रको बिषयमा भने–‘यसले, धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञानलाई चलचित्रमा पस्किन खोजिएको छ ।’

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment