
३० मंसिर, काठमाडौं । बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईले सफाइ पाएका छन् ।
न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।
राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २१ असोजमा एक लाख ४० रुपैयाँसहित कार्यालयबाटै पक्राउ गरेको थियो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार २८ कात्तिकमा मुद्दा दर्ता भएको थियो ।
आयोगले गरेको अनुसन्धानका क्रममा राईले बालुवा व्यवसायीसँग घुसवापत ७० इञ्चको टेलिभिजन र सोकेस माग गरेका थिए । नदिए व्यवसाय चौपट पारिदिने धम्की दिएका थिए ।
त्यसवातपको रकम लिँदै गर्दा उनी समातिएका थिए ।
यसअघि पनि विभिन्न कार्यालयमा रहँदा घुस लेनदेन गर्ने गरेको विषयमा प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालयसम्म उनीविरुद्ध उजुरी गर्ने गरेको थियो । तर, उनी जोगिँदै आएका थिए ।
पछिल्लो समय उनीले आफूलाई गृह सचिव प्रेमकुमार राईको मान्छे भएको बताउँदै आएका थिए ।
प्रतिक्रिया 4