+
+
Shares

दोश्रो सन्तानको बिषयमा यसो भन्छिन् करिना

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १५:०२

नायिका करिना कपुर चलचित्र ‘गुड न्यूज’को प्रमोशनमा व्यस्त छिन् । डिसेम्बर २८ तारिखमा यो चलचित्र रिलिज हुँदैछ । चलचित्रको प्रमोशनको क्रममा उनलाई दोश्रो सन्तानको बिषयमा पनि प्रश्न सोधिएको छ । करिनाका छोरा तैमुर मिडिया लाइमलाइटमा छन् । उनलाई पापाराजीहरुले खुबै पछ्याउँछन् । यसैले पनि सानो उमेरमै तैमुर सेलिब्रिटी भैसकेका छन् ।

करिनाले दोश्रो सन्तानको बिषयमा मुख खोलेकी छिन् । उनले भनिन्–‘सैफ र मेरो अहिले दोश्रो सन्तानको बिषयमा कुनै पनि योजना बनेको छैन । हामी अहिले आफ्नै काममा बढी व्यस्त छौ । हामी व्यवसायिक र व्यक्तिगत जीवनमा सन्तुलन कायम गर्न चाहन्छौ ।’

करिना अभिनित चलचित्र ‘गुड न्यूज’ले पनि सन्तानकै कथा भन्छ । यो रोचक कथालाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?