
१ पुस, वीरगञ्ज । वीरगञ्जबाट तीन जना श्रमिक बालकको मंगलबार उद्धार गरिएको छ ।
वीरगञ्जको गीता मन्दिर जाने रोड नजिकै सञ्चालित लक्ष्मी सेकुवा र फुड सेन्टरबाट तीन जना श्रमिक बालकको उद्धार गरिएको आवर संसारका मुकेश साहले जानकारी दिए ।
उनीहरूलाई उद्धार गरेर महानगरपालिका र आवर संसारद्वारा सञ्चालित बाल हेल्पलाइनमा राखिएको उनले बताए ।
बाल हेल्पलाइनको स्थापनापछि अहिलेसम्म १५ जना श्रमिक बालकको उद्धार गरिएको साहले बताए ।
उद्धार गरिएका मध्ये १ जना नेपाली र ७ जना भारतीय श्रमिक बालकलाई परिवारको जिम्मा लगाउने काम भइसकेको उनले बताए ।
बालगृह र हेल्पलाइनमा राखिएको बालबालिकालाई उनीहरूको अभिभावक खोजेर जिम्मा लगाउने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4