+

लिभरपुल ईएफएल कपको क्वाटर फाइनलबाटै बाहिरियो

२०७६ पुष  २ गते ११:०१ २०७६ पुष २ गते ११:०१
लिभरपुल ईएफएल कपको क्वाटर फाइनलबाटै बाहिरियो

२ पुस, काठमाडौं । औषत १९ वर्षका खेलाडी रहेको टिमलाई मैदान उतारेको लिभरपुल एस्टनभिल्लासँग पराजित हुँदै ईएफएल कपबाट बाहिरिएको छ ।

मंगलबार राति भएको पहिलो क्वाटरफाइनलमा लिभरपुल एस्टन भिल्लासँग ५–० को फराकिलो अन्तरले पराजित भएको हो ।

क्लबका सिनियर खेलाडी कतारमा हुने क्लब विश्वकपको तयारीमा रहँदा यू२३ म्यानेजर नेल क्रिचलेले लिभरपुलको प्रशिक्षण सम्हालेका थिए । उनले ६ खेलाडीलाई डेब्युसमेत गराएका थिए। उता एस्टनभिल्लाले पनि प्रिमियर लिगमा शेफिल्डसँग हारेको टिममा १० परिवर्तन गरेको थियो ।

लिभरपुल सन् २००७–०८ को सिजनयता पहिलोपटक यस प्रतियोगितामा क्वाटरफाइनलबाटै बाहिरिएको हो । उता सन् २०१३ पछि एस्टनभिल्लालाई सेमिफाइनल पुर्याउने क्रममा जोनाथान कोड्जिअले दुई तथा कोनोर हुरिहाने र वेस्लेले १–१ गोल गरे । लिभरपुलका मोर्गन बोएसले एक आत्मघाती गोल उपहार दिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय