Comments Add Comment

तयारी अचारको खतरा : आन्द्राको रोगदेखि उच्च रक्तचापसम्म

खाना खाइरहँदा हामीलाई थालमा थोरै चटनी वा अचार चाहिन्छ । अचार भएमा खानाको स्वाद तिख्खर हुन्छ । अचार बनाउन गाह्रो छैन, न समय नै लाग्छ । सिलाम, गोलभेंडा, मुला, कांक्रा आदि जे उपलब्ध छ, त्यसैमा नुन र खुर्सानी पिसेर अचार बनाए पुग्छ । तर, हामीलाई घरमै यसरी ताजा अचार बनाएर खाने जाँगर चल्दैन । किनभने बजारमा तयारी अचार जतिपनि पाइन्छन् ।

प्याकेट वा प्लाष्टिकको बोत्तलमा आकर्षक ढंगले सजाइएका तयारी अचार ठूला सपिङ कम्प्लेक्सदेखि साना किराना पसलसम्ममा उपलब्ध हुन्छ । त्यसैगरी कतिपयले मुला, खुर्सानी, अदुवा, कागति आदिको अचार बनाएर यसरी नै भण्डारण गर्छन् ।

तयारी वा बजारको अचारले जिब्रोको तलतल त मेट्छ, तर पेटलाई रोगी बनाउँछ । अचार (बोतलमा खाँदेको) मा अत्यधिक मात्रामा प्रयोग हुने तेल, नुन र मसाला हुन्छन्, जुन स्वास्थका लागि हानिकारक मानिन्छ ।

जानकारहरुका अनुसार जो व्यक्ति धेरै मात्रामा अचारको सेवन गर्छन् । उनीहरुलाई मुटु सम्बन्धी रोग, सुगर, अल्सर, आन्द्राको रोग हुने सम्भावना धेरै हुन्छ । त्यसैले आज हामीले अचार खाँदा हुने शारीरिक समस्याहरुका बारेमा केही जानकारीहरुको बारेमा चर्चा गर्नेछौं ।

आन्द्रा सुन्निन सक्छ

बढी मात्रामा अचार खानाले आन्द्रा सुन्निने खतरा हुन्छ । किनभने अचारले शरीरमा पानीलाई अवरोध गर्छ ।

अल्सरको खतरा

अचार बनाउँदा धेरै मसलाको प्रयोग गरिन्छ । त्यस्ता प्रकारका मसलाहरुले सबैलाई राम्रो गर्छ भन्ने हुँदैन । त्यसले आन्द्रामा अल्सर हुने सम्भावना पनि तीब्र हुन्छ ।

हाई ब्लड प्रेसरको खतरा

जुन व्यक्तिलाई ब्लड प्रेसरको समस्या छ । उनीहरुले अचारबाट टाढा रहनु आवश्यक छ । अचारमा समावेश गरिने अत्यधिक मात्राको नुनले ब्लड प्रेसर बढ्ने खतरा हुन्छ ।

मुटु सम्बन्धी रोग

अचार छिट्टै नबिगि्रयोस् भनेर अचारमा तेल हालिन्छ । मुटुको लागि धेरै तेल सेवन हानिकारक हुन्छ । यस्तो अचार खाँदा मुटुको रोग हुने खतरा धेरै हुन्छ ।

क्यान्सर हुन सक्छ

विशेषज्ञहरुका अनुसार धेरै अचार सेवन गर्नाले ग्याष्ट्रिक पछि हुने क्यान्सरको खतरा बढी हुन्छ । त्यसैले धेरै अचारको सेवन गर्नुबाट बच्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment